कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

चार चलचित्र एकसाथ छायाङ्कनमा

रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को दोस्रो चरणको छायाङ्कन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अन्य महिनाको तुलनामा पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकि दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा अहिले चार चलचित्रको छायाङ्कन भइरहेको छ ।

काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको चलचित्र हो, ‘११ः५५’ । केशव पाण्डेको कथा र निर्देशनमा छायाङक्न भइरहेको उक्त चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गरिरहनुभएको छ ।

अपराध, थ्रिलर, सस्पेन्स विधामा रहेर चलचित्र तयार गरिएकाले सोही सन्दर्भसँग मिल्दो नाम राखिएको निर्देशक पाण्डेले जानकारी दिनुभयो । “हाम्रो विषयअनुसार बढी छायाङ्कन रातमा गरिरहेका छौँ । हामीले रातकै दृश्य खिच्नुपर्ने भएकाले यही समय रोजेका हौँ”, उहाँले भन्नुभयो । यसको अन्तिम चरणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । यस चलचित्रको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेख्नुभएको हो ।

यस्तै चलचित्र ‘मनसरा’को पनि काठमाडौँमा छायाङ्कन भइरहेको छ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भइरहेको उक्त चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरिरहनुभएको छ । यसको छायाङ्कन काठमाडौँ आसपासमा भइरहेको छ । यसको शीर्ष भूमिकामा अभिनेत्री मगर हुनुहुन्छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को दोस्रो चरणको छायाङ्कन ओखलढुङगास्थित रुम्जाटारमा भइरहेको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरिरहनु भएको छ । यसको छायाङ्कन सकाएपछि अभिनेता राईले चलचित्र ‘मनसरा’ सुरु गर्नुहुने छ ।

शैक्षिक बेरोजगारीले युवामा पारेको मनोवैज्ञानिक प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरिएको निर्देशक गुरुङले जानकारी दिनुभयो । विसं २०८१ वैशाख १ गते प्रदर्शन घोषणा गरिएका कारण पनि सो चलचित्र छिट्टै सकाउनुपर्ने दबाब निर्माण पक्षलाई छ ।

चलचित्र ‘फर्की फर्की’को पहिलो चरण पोखरामा छायाङ्कन सकिएको र काठमाडौँसँगै बाँकी काम छिट्टै सुरु गरिने निर्माता रोहित अधिकारीले जानकारी दिनुभयो । सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको सो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, संवृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरिरहनुभएको छ । यो चलचित्र २०८१ को जेठ ११ गते प्रदर्शन गर्ने समय तय गरिएको निर्माता अधिकारीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
म्यानपावरको विवादले प्रमुख श्रम बजार बन्द
२०८३ कार्तिक १२, बिहिबार