कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ११ माघ । नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ ।

बुधवार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी गर्दै १५ दिन भित्रमा आवेदन माग गरिएको बोर्डले जनाएको छ ।

बोर्डको चालू आ.व. २०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुन लागेको हो । कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल ([email protected]) मार्फत आवेदन पेस गर्न सकिनेछ ।

कार्यशालामा सहभागी हुन पहिलो दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिइने बताइएको छ । कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
म्यानपावरको विवादले प्रमुख श्रम बजार बन्द
२०८३ कार्तिक १२, बिहिबार