असोज १, २०८३ बिहिबार September 17, 2026

पर्सामा तीन स्वास्थ्यकर्मीसहित दशजनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पर्सामा सोमबार दशजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्दा तीनजना स्वास्थ्यकर्मीसहित दशजनामा कोरोना पुष्टि भएको हो ।

पर्साको विन्ध्यवासिनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका नौ र पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनमा एकजनामा कोरोना संक्रमण पु्ष्टि भएको नारायणी अस्पतालका मेकिडल सुपरिडेन्टेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिएका छन ।

विन्ध्यवासिनी गाउँपालिकाको क्वारेन्टाइनमा संक्रमण पुष्टि भएका नौमध्ये तीनजना स्वास्थ्यकर्मी रहेको उनले जानकारी दिएका छन ।

बाँकी ६ जना भने भारतबाट गाउँ फर्किएर क्वारेन्टाइनमा बसेकाहरू रहेको उपाध्यायले बताएका छन ।

जसमा २६ देखि ५६ वर्ष उमेर समूहका एक महिला र नौ पुरुष रहेका छन् ।

गत २६ जेठमा उनीहरूसहित अन्य क्वारेन्टाइनमा रहेकाहरूको पिसिआर परीक्षणका लागि स्वाब लिइएको थियो ।

योसँगै पर्सामा कोरोना संक्रमितको संख्या एक सय ५३ पुगेको छ ।

यसअघि आइतबार पनि पर्सामा पाँचजना स्वास्थ्यकर्मी, एक एम्बुलेन्सचालकसहित १७ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिविको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
२०८३ असोज १, बिहिबार
चुरे दोहन र बाढी-पहिरोको मारमा सर्लाही-१ : तटबन्ध निर्माण र कूटनीतिक पहल गर्न सरकारसँग माग
२०८३ असोज १, बिहिबार
जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल
२०८३ असोज १, बिहिबार
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
२०८३ असोज १, बिहिबार
यमनमा हुथी र सरकारी सेनाबीच द्वन्द्व चर्किदैं
२०८३ असोज १, बिहिबार
‘विपद्को सामाजिक-आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि
२०८३ असोज १, बिहिबार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
२०८३ असोज १, बिहिबार