असोज १, २०८३ बिहिबार September 17, 2026

सरकारले लकडाउनलाई पुर्णरूपमा दुरुपयोग गर्योः काँग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा गठित कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति अनुगमन समितिले सरकारले ८४ दिनदेखि जारी लकडाउनको समय दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।

काँग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको उक्त समितिले कुनै ठोस कार्ययोजना र क्रियाशीलता विना सरकारले लकडाउन लम्ब्याएर लामो समय सत्ता संघर्षमा समय खेर फालेको निष्कर्ष निकालेको हो ।

पार्टी कार्यालय सानेपा ललितपुरमा पत्रकार सम्मेलन गरी महतले जनतालाई राहत र जीवन रक्षाको दरिलो विश्वास दिलाउनुपर्ने सरकार अत्यावश्यक स्वास्थ्य सामग्री खरिद देखि कोभिड-१९ नियन्त्रणका नाममा भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

उनले भने, ‘दैनिक संक्रमितको संख्या उच्च छ । अहिलेसम्म कोभिड-१९ बाट १९ जनाको ज्यान गइसकेको छ भने ७३ जिल्लामा संक्रमण फैलिएको छ । एक हप्ता अगाडिको तुलनामा २३१२ जना थप संक्रमित भएका छन् ।

ज्यान गुमाएकाहरुमध्ये अधिकांशको मृत्युपछि कोभिड-१९ पुष्टि भएको हो । क्वारेन्टाइनको अवस्था भद्रगोल छ ।’सरकार आफैले तयार गरेको सामान्य मापदण्ड पनि क्वारेन्टिनमा लागू नभएको महतले बताए ।

क्वारेन्टिनमा दुई हप्ताभन्दा लामो समय बस्दा पनि परीक्षण नगरी घर पठाइएको र परीक्षण भएकाहरुको पनि लामो समय रिपोर्ट नआउँदा अन्यौलताको स्थिति निर्माण भएको उनको भनाइ छ । उनले भने, ‘कतिपय जिल्लामा कीटको अभावमा परीक्षण नै रोकिएका खबर आइरहेका छन् ।

क्वारेन्टाइनहरुमा स्वास्थ्य बाहेक अन्य हिंसाका घटनाहरु समेत सार्वजनिक भैरहेका छन् । कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टिनमा सामूहिक बलात्कार जस्तो जघन्य अपराध हुनु निन्दनीय छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिविको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
२०८३ असोज १, बिहिबार
चुरे दोहन र बाढी-पहिरोको मारमा सर्लाही-१ : तटबन्ध निर्माण र कूटनीतिक पहल गर्न सरकारसँग माग
२०८३ असोज १, बिहिबार
जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल
२०८३ असोज १, बिहिबार
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
२०८३ असोज १, बिहिबार
यमनमा हुथी र सरकारी सेनाबीच द्वन्द्व चर्किदैं
२०८३ असोज १, बिहिबार
‘विपद्को सामाजिक-आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि
२०८३ असोज १, बिहिबार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
२०८३ असोज १, बिहिबार