असोज २, २०८३ शुक्रबार September 18, 2026

चितवनको नारायणी सामुदायिक अस्पतालका डाक्टरसहित १६ जना कोरोनामुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । चितवनको नारायणी सामुदायिक अस्पतालका एक चिकित्सक कोरोनामुक्त बनेका छन् । गत २६ जेठमा गरिएको परीक्षणमा अस्पतालका फिजिसियनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको सोमवार गरिएको स्वाब परीक्षणमा नेगेटिभ आएपछि उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।

उनीसहित नारायणी सामुदायिक अस्पतालबाट स्वाब संकलन गरिएका १६ जना सबैको कोरोना संक्रमण नेगेटिभ आएको हो । उनलाई आज मंगलवार नै डिस्चार्ज गरी १४ दिन होम क्वारेन्टाइनमा पठाइने अस्पतालका एक चिकित्सकले जानकारी दिएका छन ।

चिकित्सकले हेरेका झण्डै एक सय जना विरामीको कन्ट्याक्ट टे«सिङ गरिएको छ । उनीहरूमध्ये चिकित्सकले इन्डोर हेरेका बिरामीहरू सबैको स्वाब परीक्षण गरिएको र उनीहरूमा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय भरतपुरका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिएका छन ।

ओपीडीमा हेरेका बिरामीको भने परीक्षण गरिएको छैन । ‘लामो समयसम्म डाक्टरको सम्पर्कमा रहेका र हेरेका बिरामीलाई नै नेगेटिभ आएपछि ओपीडीमा हेरेका बिरामीलाई तत्काल आवश्यक परेन, लक्षण देखिएमा आउन भनेका छौं, उहाँहरु होम क्वारेन्टाइनमा हुनुहुन्छ,’ कार्यालय प्रमुख तिवारीले भने । चिकित्सकले हेरेका बिरामीमध्ये आधाजसो नवलपरासीका छन् ।

नारायणी सामुदायिक अस्पतालका निर्देशक विष्णु कुँवरले अस्पतालको आईसीयूसहित क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गरिएको र कसैमा पनि संक्रमण नभेटिएको बताएका छन । ‘अहिले अस्पतालमा कोही पनि संक्रमित भेटिएको छैन, झण्डै ७० जनाको परीक्षण गराएका छौं, अहिलेलाई सुरक्षित भएको महसुस भएको छ, सबै सेवा सुचारु छ,’ अस्पताल निर्देशक कुँवरले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्री तिमिल्सिनासँग कोरिया राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ असोज २, शुक्रबार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
२०८३ असोज २, शुक्रबार
पूर्व मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने
२०८३ असोज २, शुक्रबार
तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज २, शुक्रबार
कांग्रेसको मुख हेर्ने कि रुख ? – प्रह्लाद रिजाल
२०८३ असोज २, शुक्रबार
‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’: मुख्यमन्त्री आचार्य
२०८३ असोज २, शुक्रबार
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
२०८३ असोज २, शुक्रबार