असोज २, २०८३ शुक्रबार September 18, 2026

काँग्रेसले आज सरकारलाई ज्ञापनपत्र बुझाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकालेको नेपाली काँग्रेसले आज ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ।

काँग्रेसले सात प्रदेशका मुख्य मन्त्रीलाई पनि ध्यानाकर्षण पत्र बुझाउने छ। साथै, आज नै विदेशस्थित दूतावासमा जनसम्पर्क समितिमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ।

काठमाडौं जिल्ला अदालत कार्यालय बबरमहलमा १२:४५ बजे भेला भएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन जाने कार्यक्रम तय भएको काठमाडौंका जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए ।

केन्द्रीय समितिको निर्णय अनुसार काँग्रेसले ७७ जिल्ला, सात प्रदेश र दूतावासमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्री तिमिल्सिनासँग कोरिया राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ असोज २, शुक्रबार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
२०८३ असोज २, शुक्रबार
पूर्व मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने
२०८३ असोज २, शुक्रबार
तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज २, शुक्रबार
कांग्रेसको मुख हेर्ने कि रुख ? – प्रह्लाद रिजाल
२०८३ असोज २, शुक्रबार
‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’: मुख्यमन्त्री आचार्य
२०८३ असोज २, शुक्रबार
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
२०८३ असोज २, शुक्रबार