असोज २, २०८३ शुक्रबार September 18, 2026

यूएईबाट नेपाल आएका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । यूएईबाट नेपाल आएका एक पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित पुरुषलाई मंगलबार राती नै टेकु अस्पताल लगिएको छ।

संक्रमित पुरुष जेठ २३ गते नेपाल आएका थिए। २९ वर्षिय उनको स्थायी ठेगाना मोरङ रहेको छ ।

संक्रमित युवक चाँगुनारायण नगरपालिका – ७ खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसेका थिए। पुरुषमा संक्रमण पुष्टि भएपछि मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानले जानकारी दिएका छन। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यस्तै असार २ गते नै यही टोलीकी एक महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

सोही विमानमा आएकी संक्रमित तीनै जना जेठ २३ गते युनाईटेड अरब इमिरेट्स (यूएई) बाट नेपाल आएका थिए। मंगलबार कोरोना पोजेटिभ देखिएका दुवै खरिपाटीको क्वारेटाइनमा बसेका थिए। उनीहरुसहित १३ जनाको स्वाव परिक्षण गरिएको थियो।

जेठ ३० मा यी पुरुषसँगै विमानमा आएकी २६ महिलालाई कोरोना भाइरस पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाव परिक्षण गरिएको थियो। खरिपाटिको क्वारेनटाइनमा रहेका १२ जना यूएई र १ जना कुवेतबाट नेपाल आएकाहरुको पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना भाइसर संक्रमण पुष्टि भएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्री तिमिल्सिनासँग कोरिया राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ असोज २, शुक्रबार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
२०८३ असोज २, शुक्रबार
पूर्व मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने
२०८३ असोज २, शुक्रबार
तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज २, शुक्रबार
कांग्रेसको मुख हेर्ने कि रुख ? – प्रह्लाद रिजाल
२०८३ असोज २, शुक्रबार
‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’: मुख्यमन्त्री आचार्य
२०८३ असोज २, शुक्रबार
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
२०८३ असोज २, शुक्रबार