असार ३०, २०८२ सोमबार July 14, 2025

भक्तपुरमा एक प्रहरीसहित तीन जनामा कोरोना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सन्चार कक्ष सिल गरिएको छ । साथै उनको सम्पर्कमा रहेका १२ जना प्रहरीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।

बुधबार चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय एक प्रहरीसहित भक्तपुरमा तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । तीनै जनालाई बुधबारै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाले भने, ‘सन्चार कक्ष हाम्रो सबैभन्दा माथिल्लो तलामा हुन्छ । त्यहाँ काम गर्ने सबैलाई तल/माथि गर्न बन्द गरिएको छ । त्यहीँ खाना सप्लाई गर्ने, ट्वाइलेट पनि त्यहीँकै प्रयोग गर्ने गरी राखिएको छ ।’ क्वारेन्टिनमा रहेका प्रहरीहरुको र संक्रमित प्रहरीको परिवारका सदस्यको बिहीबार स्वाब संकलन गर्ने थापाले बताएका ।

सन्चार कक्षमा काम गर्ने प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसैगरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरको नतिजामा ती पुरुषलाई संक्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसअघि गत जेठ ३० गते कुबेत सरकारको आममाफी पाएर स्वदेश फर्किएकी र खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार