कार्तिक २३, २०८३ सोमबार November 9, 2026

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३ असोजः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताउनुभएको छ ।

संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उहाँले समयको मागअनुसार संविधानको सम्वद्र्धन गर्नु समयोचित हुने बताउनुभयो । पूर्वअध्यक्ष रेग्मीले लामो सङ्घर्ष, विभिन्न समयका जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट २०७२ सालमा नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन सफल भएको स्मरण गर्नुभयो ।

पहाडी मुलुक–भूकम्पीय जोखिम, बाढी पहिरो, जलवायु परिवर्तनको असर हाम्रा जीवनका प्राकृतिक चुनौती भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले संविधान दिवसले प्राकृतिक विपद्को सामना गर्न एक जुट भई अघि बढ्ने सामथ्र्य प्राप्त होस् भनी कामना गर्नुभयो ।

हालैको भोटेकोशी बाढीले ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै उहाँले हजारौँ मानिस बेपत्ता भएको घटनाले सबैलाई मर्माहत तुल्याएको बताउनुभयो । “यसपटकको रसुवा बाढी अत्यधिक वर्षाको कारण नभई हिमपहिरोका कारण भएको र त्यसलाई जलवायु परिवर्तनको असर मानिन्छ”, पूर्वप्रधानन्यायाधीश रेग्मीले भन्नुभएको छ, “जोसँग जुध्ने र क्षति बेहोर्ने हामीसँगको क्षमताले पुग्दैन । त्यसैले हामीलाई जलवायु न्याय चाहिएको छ, क्षतिपूर्ति चाहिएको छ ।”

जलवायु न्यायका लागि नेपाललाई अन्तरराष्ट्रिय सहयोग अनिवार्य आवश्यकता बनेको उल्लेख गर्दै उहाँले यसका लागि संयुक्त राष्ट्रसङ्घले महत्वपूर्ण भूमिका खेलिदिनुपर्नेमा जोड दिनुभयो । उहाँले दीर्घकालीन रूपमा यस्ता विपत्तिको सामना गर्ने आफ्नै सामथ्र्य र क्षमता बढाउँदै जानुपर्नेमा पनि जोड दिनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार