काठमाडौँ, असोज २ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग जेन्जी उमेर समूहका सांसदहरुको छलफल सुरु भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरुसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको हो ।
बैठकमा मुख्य गरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले सामाजिक संजालमार्फत् जानकारी दिनुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया