कार्तिक १६, २०८३ सोमबार November 2, 2026

कमेडियन कपिल शर्मा र सुनिल ग्राेभर ७ बर्ष पछि फेरि एकपटक धमाका गर्ने

७ बर्ष पछि कपिल शर्मा र सुनिल ग्राेभरसँगै देखिदैँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बइ, ११ फागुन । भारतीय कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरले फेरि एकपटक धमाका गर्ने भएका छन् ।

अर्का कमेडियन सुनिल ग्रोवरले आफैले यस्तो संकेत दिएका छन् । सुनिलले पनि आफू र कपिलको एकसाथ आउने बारे ठूलो कुरा भनेका छन् । सुनिलले पहिले आफू अलिकति डिस्टर्ब भएको तर अहिले नभएकोसमेत बताएका छन् ।

चर्चित गुलाटी फेम पात्र सुनील ग्रोवरले इन्डियन एक्सप्रेससँगको कुराकानीमा आफ्नो र कपिलको सम्बन्धको बारेमा खुलेर बताएका छन्  । सुनिलले भने, ‘मलाई सत्य थाहा छ, त्यसैले अरूले के भन्छन् र के सोच्छन् त्यो उनीहरूको समस्या हो, मेरो होइन।’ कमेडियन कपिल र सुनिल ७ वर्षको झगडा पछि सँगै आउन लागेका हुन ।

कमेडियन सुनिल ग्रोवरले सुरुमा आफू अलिकति डिस्टर्ब भएको तर अब नरहेको बताए । प्रश्न उठाउने माथि सुनिलले भने,  ‘यस्तो गर्नेलाई मैले किन जवाफ दिनु पर्छ ? म केहि प्रश्नहरूको जवाफ दिन चाहन्छु, म गर्नेछु, तर मैले कसैलाई स्पष्टीकरण दिन आवश्यक छैन।’

सुनीलले अगाडी यो पनि भने कि यो सम्पूर्ण मामिलामा दर्शकलाई थाहा छैन। तिनीहरूसँग कुनै तथ्य छैन। ती मानिसहरू जे पनि बोल्छन् किनभने त्यो उनीहरूको काम हो। कमेडियनले थप अगाडी भने,  ‘नकारात्मक कुराले बढी ध्यान दिन्छ । यी सबै मानिसहरूले पनि पछि सबै कुरा बुझ्ने छन्।’

सन् २०१७ मा सुनिल ग्रोवर र कपिल शर्माबीच झगडा भएको थियो । उनीहरु दुवै आफ्नो टोलीसँग अष्ट्रेलिया भ्रमणमा गएका बेला उनीहरुबीच कुनै न कुनै विषयमा झगडा भएको थियो । यसपछि सुनिल ग्रोवरले कपिल शर्मासँग काम गर्न छाडेका थिए । कपिलले सुनिलसँग सार्वजनिक रूपमा माफीसमेत मागेका थिए तर सुनिल भने कपिलको शोमा फर्केका थिएनन ।

अब ७ वर्षपछि यी दुई साथी सँगै आउन लागेका हुन् । शोको बारेमा थप जानकारी चाँडै सार्वजनिक गरिने सुनिलले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार