असार २८, २०८२ शनिबार July 12, 2025

कर्णाली प्रदेश अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । वीरेन्द्रनगरको कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको हो ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलका अनुसार प्रदेश अस्पतालको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित चारजना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

गत जेठ ३१ र ३२ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीसहितका ४५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । जसमध्येका पाँचजनालाई कोरोना संक्रमण देखिएको हो । क्वारेन्टिनमा रहेका सबै ४५ जनाको स्वाब परीक्षण गरिएको थियो ।

‘कोरोना संक्रमण देखिएका पाँजनालाई आईसोलेसनमा राखिएको छ भने बाँकी नेगेटिभ रिपोर्ट आएकाहरु भने सोमबारदेखि नै काममा खटिँदैछन,’ डा. पौडेलले भने ।

उनका अनुसार स्वास्थ्यकर्मीको अभाव झेलिरहेको प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी नै आईसोलेसन र क्वारेन्टिनमा बस्नु परेपछि अस्पतालका सेवा प्रभावित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया