असोज २९, २०८३ बिहिबार October 15, 2026

नेकपाको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेल्यो :कांग्रेस सांसद जीतेन्द्रनारायण देव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले अंगीकृत नागरिकताका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको बताएका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै कांग्रेस सांसद देवले नेकपाको निर्णय अत्यन्त अदूरदर्शी, अपरिपक्व, मुलुकमा साम्प्रदायिक दंगा भड्काउने र प्रकारान्तरले मुलुकलाई नै विभाजनमा लैजाने खालको भएको टिप्पणी गरेका हुन् ।

गत शनिबार नेकपा सचिवालय समितिको बैठकले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको थियो । नेकपाको उक्त निर्णयअनुसार नै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नेपाली नागरिकता दिने व्यवस्था राखेर नागरिकतासम्बन्धी विधेयक बहुमतले पास गरेको छ ।

तर कांग्रेस नेता देवले यो विषयले मुलुकलाई मुठभेड र गम्भीर राजनीतिक दुर्घटनातिर लैजाने बताएका छन ।

नागरिकताको उक्त प्रावधानको विरोधमा वीरगञ्जदेखि राजविराजसम्म प्रदर्शन भइरहेको भन्दै नेता देवले कांग्रेस र मधेसवादी पार्टीलाई हेप्ने रणनीतिले दुर्घटना निम्त्याउने बताएका छन।
‘नेपाली कांग्रेस र अन्य मधेसवादी पार्टीलाई तपाईहरु यसरी हेप्ने, नेपाली कांग्रेस, मधेसवादी दललाई हेपेर तपाई एक्लै यो देश सञ्चालन गर्ने, सम्भव हुन्छ ?’ उनले भने ‘पोलिटिकल एक्सिडेन्ट हुन्छ । सहमति नतोड्नुस् ।’

२०६३ सालमा तत्कालिन मधेसवादी दल, एमाले, माओवादी र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिका आधारमा नागरिकता ऐन बनेको भन्दै उनले अहिले एक्कासी यसलाई उल्ट्याउन नहुने देवले बताएका छन ।

‘तपाईहरु गलत बाटोमा जानुभएको छ । तपाईहरुलाई लाग्दो हो । नयाँ जनवादी क्रान्तिको बेला आइसक्यो । चिनियाँ मोडलको समाजवाद स्थापना गर्ने बेला आइसक्यो । अब संविधान जेसुकै होस्’ उनले भने ‘तपाईहरुको निर्णय मस्ट एक्स्ट्रिमिस्ट (उग्रवादी) हो । तपाईंहरु उग्रवादमा फस्दै हुनुहुन्छ । तपाईंहरु अत्यन्त अपरिपक्व बाटोमा जाँदै हुनुहन्छ ।’

नेता देवले अगाडि भने, ‘मुलुकमा आगो लगाउने काम कांग्रेस र अन्य सबै पार्टीहरुसँग भिड्ने काम, मुलुकलाई बन्दी बनाएर सामन्तवादीहरुलाई मलजल गर्ने काम गर्दै हुनुहुन्छ ।’

नेता देवले यो निर्णयमा पुनर्विचार गर्न नेकपा नेताहरुलाई आग्रह गरेका छन । ‘नभए भोलि कम्युनिस्ट एकातिर कांग्रेस र मधेसवादी अर्कोतिर भएर मुलुकलाई राजनीतिक धु्रवीकरणमा लैजाने मुठभेड गराउने र प्रकारान्तरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पल्टाइदिने दुर्घटनामा लगिदिने काम तपाईहरु नगर्नुस् ।’

कम्युनिस्ट पार्टीले नेपालले भारत र चीनसँग समदूरीमा सम्बन्ध राख्ने भने पनि यो निर्णयले चीनतर्फ ढल्काएको नेता देवले बताएका छन ।

‘तपाईंहरुको २ वर्षको क्रियाकलापमा तपाईहरु समदूरीको सिद्धान्तमा रहनुभएन । तपाईहरुको फरेन पोलिसी एकपाखे भयो । एउटा छिमेकीतिर तपाईंहरु लैजादै हुनुहुन्छ’ उनले भने ‘तपाईको पार्टीले लानोस् हामीलाई भन्नु केही छैन, तपाईहरु ५० चोटी मिटिङ गर्नुस् चिनियाँ कम्युनिस्ट पार्टीसँग हमीलाई भन्नु केही छैन । तर यो राष्ट्र चाहिँ समदूरीकै सिद्धान्तमा जानुपर्छ । चीन र भारतसँग मित्रताको सम्बन्ध कसैलाई अगाडि, पछाडि गर्नुहुन्न ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला
२०८३ असोज २९, बिहिबार
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
२०८३ असोज २९, बिहिबार
विश्व हात धुने दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
२०८३ असोज २९, बिहिबार
च्याम्पियन्स लिग : रियलले रोमालाई हरायो, पीएसजीले सिटीलाई पछार्‍यो; लिभरपुल र भिल्ला पनि विजयी
२०८३ असोज २९, बिहिबार
जनगुनासो सम्बोधन गर्न रास्वपालाई चुनौती
२०८३ असोज २९, बिहिबार
आजको मौसम : पश्चिमी र मनसुनी दुवै वायुको प्रभाव कायमै
२०८३ असोज २९, बिहिबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज २९, बिहिबार