काठमाडौं । नेपालमा सोमबार ५३५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ५३५ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिएका छन् ।
उनीहरु मध्ये ४६१ जना पुरुष र ७४जना महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ ।
कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २१४२ रहेको छ । गत चौबिस घण्टामा मात्रै ३७० जना डिस्चार्ज भएका हुन् ।
नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ पुगेको छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको डा. गौतमले जानकारी दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया