असार २८, २०८२ शनिबार July 12, 2025

सुदूरपश्चिमका विभिन्न जिल्लामा थप ४९ जनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या १ हजार २ सय ९१ पुगेको छ । प्रदेशमा मंगलबार एकै दिन ४९ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ४६ जना, बाजुरा, बझाङ र कञ्चनपुरका एक–एक जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका अनुसार मंगलबार संक्रमित हुनेमा कैलालीको गोदावरी नगरपालिकाका ३०,२५,२४,३०,२३,२२,६५,२१,२५,२१,३०,२९ वर्षीया महिला ३,४ वर्ष र ५ महिने बालिका, ५९,२९,३२,२१,३०,२७, २८, १८, १९, २८, ३७,३०,३४,१८,१०,२४,२२,२४,३१,२४,३०,२५,१८,३०,८,२३,१०,४०, ४ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै कैलालीको भजनीका २९ वर्षीया महिला, कैलालीकै ४२ वर्षीया महिला, बाजुराका २० वर्षीय पुरुष, कञ्चनपुरको बेलौरी नगरपालिकाका २६ वर्षीय पुरुष र बझाङका ७० वर्षीय पुरुष रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया