बैसाख २६, २०८३ शनिबार May 9, 2026

कोरोना नष्ट गर्नसक्ने माक्स बन्यो !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना संक्रमणका बेला अस्थायी खाले रोकथामकै भरमा विश्व समुदाय संघर्षरत छ । अहिलेसम्म अचुक औषधि पत्ता लागिसकेको छैन । यद्यपी केही कम्पनीहरुले औषधि निर्माणमा सफलता प्राप्त गरेको दावी पनि गर्ने गरेका छन ।

फेरि पनि कारोना संक्रमित विरामीको उपचारका लागि कोरोना निको पार्ने औषधि प्रयोग गरिएको खबर अहिलेसम्म प्राप्त भएको छैन । सबै ठाउँका, सबै जनाले अस्थायी रोकथामकै भरमा चित्त बुझाउनु पर्ने अवस्था छ ।

कोरोना भाइरस संक्रमणलाई रोक्ने, जित्ने तथा निको पार्ने कुनै नौलो खबर अउनासाथ सबैको ध्यान त्यतै तानिन्छ । यो सब कोरोनामाथी विजय पाउन खोज्ने मानवीय चाहना हो ।

यसै सन्दर्भमा यस्तै चाहना ईजरायलको एक मास्क कम्पनीले जगाइदिएको छ । त्यहाँको सोनोविया कम्पनीले तयार पारेको मास्क कोरोना भाइरसलाई नष्ट गर्न ९९ प्रतिशत सक्षम रहेको दावी गरिएको छ ।

कम्पनीका अनुसार यो मास्कलाई पटक पटक धुँदा पनि यसमा रहेको किटनाशक क्षमता नष्ट हुँदैन । यो मास्क जिंक अक्साईडको लेपन लगाइएको कपडाबाट बनाइएको सोनिवियाले बताएको छ ।

जिंक अक्साईडका मसिना कणहरुले भाइरस, ब्याक्टेरिया, फंगस जस्ता घातक जीवाणुहरुलाई सम्पर्कमा आउनासाथ नष्ट गर्ने कंपनीले दावी गरेको छ ।

चीनको शंघाई प्रयोगशालामा गरिएको परीक्षणमा यो मास्क कोरोना भाइरसलाई नष्ट गर्न ९० प्रतिशत सफल रहेको पुष्टि भएको सोनिविया कम्पनीले जनाएको छ ।

यहि प्रविधिको प्रयोगबाट आगामी साता अस्पतालमा प्रयोग गरिने पीपीई तथा अन्य आवश्यक पोशाकहरुको निर्माण गरिने सोनिवियाका प्राविधिक अधिकृत लायट गोल्धामरलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार