भाद्र २८, २०८३ आइतबार September 13, 2026

दुई देशको सिमानामा स्याउलाको बार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ । दुई देशको सीमा छुट्याउने कुनै पर्खाल छैन । भएका सीमा स्तम्भ सबै मर्मत भएका छैनन् । नाका क्षेत्रमा बसोबास गर्ने नागरिकले दशगजा छाडेर स्याउलाले बार–बन्देज गरेर सीमा बनाएका छन्, बालीनाली जोगाएका छन् ।

‘पारी घना जंगल छ । त्यहाँका जनावर आएर हामीले लगाएको बालीनाली खाइदिन्छन् । सीमामा कुनै छेकबार नभएपछि स्याउलाले बेरिएको हो ।’ राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा निवासी श्यामबहादुर झाँक्रीले भने, ‘हामी बसेदेखि सीमा मिचिएको त छैन। तर पुराना भएका सीमा स्तम्भ मर्मत भएका छैनन् ।’

देशको सीमा छुट्याउने आधार सीमा स्तम्भ हो । यो बाहेक अरु केही पनि संरचना छैनन् । तिनै सीमा स्तम्भ समेत जीर्ण बनेका छन् ।

कुल ७७ वटा सीमा स्तम्भ मध्ये नेपाल र भारतले एक वर्ष अगाडि ६० वटा मर्मत गरे पनि १७ वटा सीमा स्तम्भको अझै मर्मत हुन सकेको छैन । सीमा स्तम्भ दुई देशले गर्नु पर्ने कानूनी व्यवस्था रहेको छ ।

जोर र बिजोर नम्बरका आधारमा दुई देशले सीमा स्तम्भ मर्मत गर्नुपर्ने हो । तर अझै १७ वटा सीमा स्तम्भ मर्मत हुन बाँकी रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन ।

‘नेपालले बिजोर नम्बरका सीमा स्तम्भ मर्मत गर्छ भने भारतले जोड नम्बरका । तर एक वर्षदेखि मर्मतको काम अघि बढ्न सकेको छैन ।’ प्रजिअ रिजालले भने, ‘संयुक्त बैठकमा कुरा उठाउँछौँ । रोकिएको मर्मतको काम अघि बढाउने पहल हुन्छ ।’

मर्मत गर्न बाँकी रहेका सीमा स्तम्भको बाहिरी प्लास्टर उप्किएको छ भने बीचमा खाडल बन्न थालेको छ । मर्मत गर्न बाँकी रहेका मध्ये ६०२ नम्बरको मुल स्तम्भको सहायक ४८ नम्बर स्तम्भ खबरी खोलाले बगाएकाले नयाँ निर्माण गर्नुपर्ने भएको छ ।

दाङमा भारतसँगको खुल्ला सिमाना ८३ किलोमिटर लामो छ । ३७ मुख्यसहित ७७ वटा सीमा स्तम्भ रहेका छन् । मर्मत गर्न बाँकी रहेका स्तम्भ मर्मतको काम आउने आर्थिक वर्षमा हुने सशस्त्र प्रहरीका एसपी नारायण श्रेष्ठले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार