सिमकोट । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानको आइसोलेसन र क्वारेन्टिनमा रहेका व्यक्तिहरुको रेखदेख तथा उपचारमा खटिएका चार जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको प्रतिष्ठानका कार्यकारी निर्देशक डा. मंगल रावलले बताएका छन ।
कोरोना पुष्टि भएका चारै जना स्वास्थ्यकर्मीलाई आईसोलेसनमा भर्ना गरिएको छ । स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेक अन्य सबै सेवाहरु अर्को सूचना प्रकाशित नगर्दासम्मका लागि बन्द गरिएको उनले बताएका छन ।
स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बुधबार प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षण गरिने भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया