भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या १०७२८ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आज नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज थपिएकासँगै कोरोना संक्रमितको संख्या १०,७२८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, बुधबार १ सय १० जना महिला र ५ सय १९ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ ।

आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ । बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
२०८३ भाद्र ३०, मंगलबार
भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता
२०८३ भाद्र ३०, मंगलबार
कांग्रेसले जारी गर्यो १५ औं महाधिवेशन निर्वाचन निर्देशिका (पूर्णपाठ)
२०८३ भाद्र ३०, मंगलबार
महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
२०८३ भाद्र ३०, मंगलबार
खर्क तथा चरन क्षेत्रलाई रोजगारी सिर्जनासँग जोड्नुपर्छ : अध्यक्ष दाहाल
२०८३ भाद्र ३०, मंगलबार
आईतवारको बिदा कटौती गर्न सांसद ताहिर अली भाटको माग
२०८३ भाद्र ३०, मंगलबार
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह
२०८३ भाद्र ३०, मंगलबार