असार २, २०८३ मंगलबार June 16, 2026

मासुखाने अचम्मका विरुवाहरु ! जनावरहरुले जस्तै विरुवाले पनि कीरा खान्छ भन्ने सुन्दा हामीलाई अचम्म पनि लाग्न सक्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कसैले विरुवाले कसरी खानेकुरा प्राप्त गर्छ भनेर सोध्यो भनो हामी जराबाट पोषक तत्वहरु साेसेर प्राप्त गर्छ भनेर फट्ट जवाफ दिन्छौ । तर त्यो नै मात्र सत्य होइन । किनभने, यस संसारमा सबै विरुवाहरुले जराबाट मात्रै खाने कुरा प्राप्त गर्दैनन् । केही जातका यस्ता विरुवाहरु पनि हुन्छन्, जसले जराबाट हैन, पातबाट खानेकुरा प्राप्त गर्छन्, त्यो पनि ज्यूँदो कीरा फट्याङ्ग्रा तथा ससाना जीावजन्तुहरु पचाएर ।

हुन त जनावरहरुले जस्तै विरुवाले पनि कीरा खान्छ भन्ने सुन्दा हामीलाई अचम्म पनि लाग्न सक्छ । किनकि,सामान्यतः विरुवाले न त जनवारले जस्तै खाने कुरा खान्छ न त तिनीहरुको खाने मुख नै हुन्छ । तर लाखौं प्रकारका विरुवाहरुमध्ये केही जातका विरुवाहरुले चाहिँ झण्डै झण्डै जनावरले जस्तै गरी खाने कुरा खाने गर्दछन् भन्ने कुरा ध्रुवसत्य नै हो ।

पिचर नामक विरुवा त्यस्तै जातको एक विरुवा हो । पिचर विरुवामा चिप्लो र घैंटो जस्तो माथि मुख सुकेको तथा मुनि अलि फुकेको आकारको पात हुन्छ । त्यस घैटो आकारको पातमा बिर्को रहेको हुन्छ । सामान्य अवस्थामा त्यसको बिर्को खुला अवस्थामा रहेको हुन्छ ।

त्यो पातमा कीरा-फट्याङग्रालाई आकर्षित गर्ने सुगन्धित च्यापच्यापी लाग्ने तरल पदार्थ हुन्छ । यही तरल पदार्थको सुगन्धित बासनाको कारणले कीरा-फट्याङग्राहरु त्यहाँ झुम्मिन आउँछ र त्यहाँ तिनीहरु सजिलै फँस्दछन् । जब कुनै कीरा-फट्याङग्रा पिचरको त्यस घैंटो आकारको पातमा पर्न आउँछ, तब त्यसको पात बिर्को बन्द हुन्छ । र त्यो कीरा-फट्याङग्रा बाहिर निस्कन नसक्ने गरी फस्न जान्छ ।

पिचरको पातमा भित्री भाग चिप्लो हुन्छ  भने त्यसमा तलतिर झुकेको मसिनो रौं पनि हन्छ । ती रौंले कीरालाई कुनै पनि हालतमा माथितिर उडेर वा सरेर आउन दिदैन । पातको त्यो चिप्लोपनले गर्दा त्यसमा फसेको कीरा-फट्याङग्रा चिप्लेर झन तलतिर झर्न थाल्छ र पातको फेदैमा पुग्छ । त्यहाँ रहेको प्रकारको पाचन रस (जुस) ले त्यसरी फँसेको शिकारलाई टुक्रा टुक्रा गरी पचाइदिन्छ ।

अर्कोथरि एउटा यस्तै विरुवा हुन्छ । जसको नाम हो भेनस फ्लाइट्रयाप । करीब १ फुटसम्मको उचाइ हुनै यो विरुवामा मसिनो सेतो फूल फुल्छ । यो विरुवाको डाँठसँगै जोडिएको फूल निस्केको पातको भाग ब्लेडजस्तो हुन्छ र पातको माथिल्लो भागचाहिँ फन्दाजस्तो दुई भागमा विभाजित हुन्छ । यसको दुवैभागमा लामा र तिख्खर मेरुदण्ड हुन्छन् भने बीच भागमा मसिना रौंहरु हुन्छन् । जब त्यस रौंमा रहेको गुलियो सुगन्धित तरल पदार्थले आकर्षित भएर कुनै कीरा फट्याङ्ग्रा वा अन्य मसिना जीवजन्तुहरुले त्यो रौंलाई स्पर्श गर्न पुग्छन्, यो विरुवाको पात स्वतः बन्द हुन्छ र शिकारको जिउँमा वरिपरिबाट फुत्किन नमिल्ने गरी बलियोसँग च्याप्छ । त्यसमा रहेको पाचन रसले त्यो शिकारलाई नपचाएसम्म पात बन्दको बन्द नै रहन्छ । तर शिकार पचाइसकेपछि भने त्यो पात आफै खुल्छ ।

यसरी कीरा फट्याङग्र तथा अन्य स–साना खाएर बाँच्ने अर्को विरुवा सनडेउस (sundews) हो । यसको पातमा पनि मसिना तर प्रष्टै देखिने हरियो रातो रंगका रौंहरु हुन्छन् । ती रौंहरुमा पारदर्शी तर च्यापच्याप लाग्ने तथा घामको प्रकाशले समेत नसुक्ने खालको सुगन्धित खालको तरल पदार्थ हुन्छ । त्यसमा कुनै कीरा फट्याङग्र टाँसिएपछि पातमा रहेका रौंले पनि शिकारलाई च्याप्छ । र, त्यो तरल पदार्थमा रहेको पाचन रसले त्यसलाई पचाउँछ ।

त्यस्तै किसिमको अर्को विरुवा हो ब्लाडरवोर्ट्स (Bladderworts) । यस्ता विरुवाको प्रजातिहरुमध्ये केहीको जरा हुन्छ भने केहीको हुँदैन । जरा नहुने पानीमा स्वतन्त्र रुपले तैरिरहेको हुन्छ । आकारमा अति सानो (करीब आधा सेमी मात्र) ब्लाडर जस्तो पात हुने यस विरुवाको प्रत्येक पातमा मसिना प्वाल हुन्छन् र त्यसको मुख मसिना रौंहरुले ढाकिएको हुन्छ । जब कुनै कीरा र काहिले काही त माछाको मसिना भुरा पनि यसको सम्पर्कमा आउँछ, यसको पात भित्र पट्टि खुम्चिन्छ । यस अवस्थमा शिकार त्यसमा फँस्न र च्यापिन पुग्छ । यसले फन्दामा पारेको शिकार पचाइसकेपछि त्यो पात फेरि पहिला जस्तै खुल्छ ।

यसरी कीरा-फट्याङग्रा तथा ससान जीव जन्तुहरु खाएर बाँच्ने विरुवालाई मांसहारी विरुवा अर्थात् कार्निभोरस प्लान्ट्स (Carnivorous plants) भनिन्छ। माथि उल्लेख गरिएका मांसाहारी विरुवाहरुको पनि विभिन्न प्रजातिहरु हुन्छन् । ती विरुवाहरु प्रायः सांसारभरि नै पाइन्छ ।

त्यस्ता मांसाहारी विरुवाहरु प्रायः भिजेको, हिलाम्य र दलदले जमीनमा उम्रने र बढने गर्दछ । त्यस्तो दलदले जमीनको माटोमा स्वभावतः अम्लीयपन बढी हुन्छ र त्यसमा विरुवाको लागि चाहिने नाईट्रोजन तथा अन्य पोषक तत्त्वहरु पर्याप्त मात्रामा हुँदैनन् । त्यसैले त्यो अभावपूर्तिको लागि त्यस्ता विरुवाहरुले त्यसरी कीरा-फट्याङग्रा तथा ससान जीवजन्तुहरु खाद्य पदार्थको रुपमा लिनु परेको हो ।

त्यस्तो त यस्तो विरुवाहरुको पोषक पदार्थ वा खाद्य पदार्थ ग्रहण गर्ने तरीका मात्रै भिन्न हो । त्यसबाहेक खानेकुरा पचाउनका लागि सूर्यको प्रकाश संश्लेषण गर्ने, वातावरणबाट कार्बोहाइड्रेट ग्रहण गर्ने तथा अक्सिजन निष्काशन गर्ने जस्ता कार्यहरु गर्नका लागि यसले अन्य सामान्य विरुवाले जस्तै पातलाई नै प्रयोग गर्ने गर्दछ । रातोपाटीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
२०८३ असार २, मंगलबार
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
२०८३ असार २, मंगलबार
टीकापुरमा भूमिपूजाको रौनक
२०८३ असार २, मंगलबार
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
२०८३ असार २, मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार