कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

चलचित्र  ‘सतीदेवी’ साउन ४ मा रिलिज हुने

चलचित्रमा मलिका महत शीर्ष भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, वैशाख ३१ गते । चलचित्र  ‘सतीदेवी’को साउन ४ गतेदेखि प्रदर्शन हुने भएको छ । फस्टलुक पोष्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्रको प्रदर्शन मिति तय गरिएको हो ।

लक्ष्मण सुवेदीको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्मलाई मोफसलम एफडि कम्पनी र राजधानीमा रिच इन्टरटेन्मेन्टले बितरण गर्नेछ । सेन्सर बोर्ड तथा बिशेष प्रदर्शनीबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले गत माघमा सौराहमा सम्पन्न सौराह दक्षिण एशियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो ।

त्यसैगरी, हालै रामेछापमा सम्पन्न तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सबमा  ‘सतीदेवी’ ले सर्वोत्कृष्ट चलचित्र,सर्वोत्कृष्ट स्क्रीप्ट (लक्ष्मण सुवेदी) र सर्वोत्कृष्ट अभिनेत्री (मलिका महत) जुरी मेन्सन अवार्ड जितेको थियो ।

चलचित्रमा मलिका महत शीर्ष भूमिकामा रहनुभएको छ भने उहाँको साथमा बाल कलाकारद्वय हर्षिका वली र मञ्जिला बानियाँ, रमेश बुढाथोकी, भोला सापकोटा,सन्दीप बाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारी लगायतको अभिनय छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ कार्तिक १३, शुक्रबार
आज एनपीएलका खेल नहुने, भोलि दुई खेलमा चार टोली प्रतिस्पर्धा गर्दै
२०८३ कार्तिक १३, शुक्रबार
कृषि जेटिए मेघा रावलको फूलखेती
२०८३ कार्तिक १३, शुक्रबार
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
भकिम्लीका किसान व्यावसायिक गाईपालनमा
२०८३ कार्तिक १३, शुक्रबार
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
२०८३ कार्तिक १३, शुक्रबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो आजको विदेशी मुद्रा विनिमय दर, कुन मुद्राको मूल्य कति ?
२०८३ कार्तिक १३, शुक्रबार