असोज ९, २०८३ शुक्रबार September 25, 2026

अख्तियारको प्रस्तावित प्रावधानप्रति निजीक्षेत्रको विरोध : ‘लगानी वातावरण बिगार्ने काम भयो’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पठाइएपछि निजीक्षेत्रका दुई संस्थाले निजीक्षेत्रमाथि अनुसन्धान गर्न पाउने व्यवस्था हटाउन संयुक्त रूपमै औपचारिक माग राखेका छन् । निजीक्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले बुधवार संयुक्त प्रेस विज्ञप्ति जारी गरेर उक्त प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका छन् ।

उक्त विधेयक हालै विधायन समितिबाट पारित भएर राष्ट्रिय सभामा पेश भएको छ । जुन मंगलवारको सभाबाट पारित गर्ने तयारी गरिएको थियो । तर, त्यसको बढी विरोध भएपछि मंगलवारको कार्यसूचिबाट उक्त विधेयकलाई हटाइएको थियो । निजीक्षेत्रका संगठन तथा व्यवसायीहरूले उक्त प्रस्ताव हटाउन थप पहल गरिरहेका छन् ।

निजीक्षेत्रबाट सञ्चालित उद्योग÷प्रतिष्ठानलाई नियमन गर्ने सम्बन्धमा प्रचलित कानूनले अन्य धेरै नियमनकारी निकायहरू व्यवस्था गरेको र ती नियमनकारी निकायहरू स्वयम अख्तियारको निगरानीमा रहन्छन्,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो व्यवस्था हुँदाहुँदै निजीक्षेत्रलाई नियमन गर्न पुनः अख्तियार (संवैधानिक निकाय)मार्फत प्रस्तावित विधेयकको प्रावधानले निजीक्षेत्र थप हतोत्साहित भएको छ र यसबाट मुलुकभित्र लगानीको वातावरण अनुकूल नबन्ने निष्कर्ष सम्पूर्ण निजीक्षेत्रको छ ।’

प्रस्तावित प्रावधानले निजीस्तरका कम्पनीको पेशागत स्वतन्त्रतामाथि हस्तक्षेप हुने र देशको आर्थिक कारोबार चलायमान बनाउन र व्यावसायिक कार्य अघि बढाउनेतर्पm केन्द्रित हुनुको साटो सरकारी निकायको उत्पीडनमा पर्ने महासंघ र परिसंघले बताएका छन् । सरकारले अख्तियारले निजीक्षेत्रबाट सञ्चालित उद्योग-प्रतिष्ठान-कम्पनी, बैंक, मेडिकल कलेजलगायत निकायलाई समेत समेट्ने गरी उक्त ऐनको संशोधन प्रक्रिया अगाडि बढाएको छ ।

त्यसपछि निजीक्षेत्रका संगठन तथा व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख सुवास नेवाङ, सांसदलगायत व्यक्तिहरूलाई भेटी यस्तो प्रावधान हटाउन माग गरेका छन् । तर, त्यसको संकेत सकरात्मक देखिए पनि ठोस रूपमा नतीजा नआएको व्यवसायीहरूको भनाइ छ ।

निजीक्षेत्रलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोग, राजस्व अनुसन्धान आयोगजस्ता निकायले नियमन गर्ने र केही गल्ती भए कारबाही भइआएकाले अवस्थामा अख्तियारको दायरामा लैजान आवश्यक नभएको उनीहरूको भनाइ छ । आफ्नो सम्पत्ति लगानी गरेर जोखिम लिइरहेको निजीक्षेत्रलाई अख्तियारको तरबार देखाएर तर्साउँदा औद्योगिक क्षेत्रको विकासमा समेत बाधा पुग्ने उनीहरूको भनाइ छ । अभियान दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार