भाद्र २८, २०८३ आइतबार September 13, 2026

मालोर्कालाई पराजित गर्दै रियल शिर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई पराजित गर्दै रियल मड्रिड लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको हो ।

रियल मालोर्कालाई २-० गोलले पराजित गरेको हो । रियलको जितका लागि भिनिसियस जुनियर र कप्तान सर्जिओ रामोसले एक एक गोल गरेका थिए ।

खेलको १९ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले लुका मोड्रिचको पासमा गोल गर्दै रियललाई पहिलो हाफमा १-० को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा थप एक गोल गर्ने क्रममा कप्तान रामोसले गोल गरेका हुन् ।

खेलको ५६ औं मिनेटमा रामोसले गोल गर्दै अग्रता दोब्बर पारे । उनले फ्रिकिकमा सिधै गोल गर्दै रियलको अग्रता दोब्बर परेका हुन् । त्यसपछि दुबै टोलिबाट कुनै थप गोल नहुँदा रियलले मालोर्कामाथी २-० को जित निकालेको हो ।

जितसँगै रियल मड्रिड बार्सिलोनालाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियल र बार्सिलोना दुवैको समान ३१ खेलबाट समान ६८ अंक रहेपनि हेड टु हेडको आधारमा रियल शिर्ष स्थानमा उक्लिएको हो । यता पराजित मालोर्काको भने रेलिगेसन जोनमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार