भाद्र २८, २०८३ आइतबार September 13, 2026

पाल्पामा बिहिबार एकैदिन ९३ जनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । पाल्पा जिल्लाका थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ ।

भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनामा असार १० गते भएको आरटी पीसीआर परीक्षणमा पाल्पाका विभिन्न ठाउँबाट २३४ वटा नमुना परीक्षणका लागि आएकामा ९३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उल्लेख छ ।

प्रदेश ५ मा बुधबार मात्रै पाल्पाका १४ जनासहित १०८ जना नयाँ संक्रमित थपिएका थिए । प्रदेश जनस्वास्थ्य निर्देशनालयले बुधबार राति अबेर अद्यावधिक गरेको तथ्यांक अनुसार प्रदेश ५ मा कारोना संक्रमितको संख्या २ हजार ९ सय ४ पुगेको थियो । पाल्पामा ९३ जना संक्रमित थपिएसँगै प्रदेश ५ मा संक्रमितको संख्या तीन हजार नजिक पुगेको छ ।

जिल्लागत रुपमा कपिलवस्तुमा ७०४, बाँकेमा ३५०, पाल्पामा ३३९, दाङमा ३२८, रुपन्देहीमा २६६, अर्घाखाँचीमा २५०, गुल्मीमा २४७, प्युठानमा १८४, बर्दियामा १५५, नवलपरासीमा ७८, रोल्पामा ४५ र रुकुमपूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार