भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

कोरोनाबाट पोखरामा दोस्रो व्यक्तिको मृत्यु, अर्जुनचौपारी घर, सिरुवारीमा व्यापार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । कोरोनाका कारण पोखरामा मृत्यु भएको दोस्रो व्यक्तिको कुनै ट्राभल हिस्ट्री नभएको व्यक्ति भएको पाइएको छ ।

कोरोनाका कारण बुधबार राति मृत्यु भएका उनी अर्जुनचौपारी गाउँपालिका वडा नं। ४ स्थायी ठेगाना भएका व्यक्ति हुन । तर आँधिखोला गाउँपालिकाको सिरुवारीमा पसल गर्दै आएका थिए ।

उनलाई कहाँबाट कोरोना सरेको हो भन्ने अहिलेसम्म पत्ता नलागेको अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले बताइन् । ‘केही दिन अगाडि ज्वरो आएर पोखरा जानुभएको हो, विदेशबाट आउनुभएको व्यक्ति उहाँ होइन’ उनले टेलिफोनमा नागरिक खबरसँग भनिन्, ‘स्थायी घर यता भए पनि उहाँहरुको परिवारले व्यापार गर्ने उतै आँधिखोलातिर हो ।’

मृतकको कन्ट्रयाक ट्रेसिङ र परिवारको पिसिआर गर्ने क्रम सुरु भएको समेत उनले बताइन् ।

यता आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले उनी सिरुवारीमा पसल गर्दै आएको व्यक्ति भएको पुष्टि गरेका छन ।

स्याङ्जा वालिङका ५८ बर्षिय पुरुषले समेत कोरोनाका कारण यसअघि ज्यान गुमाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
२०८३ भाद्र ३०, मंगलबार
भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता
२०८३ भाद्र ३०, मंगलबार
कांग्रेसले जारी गर्यो १५ औं महाधिवेशन निर्वाचन निर्देशिका (पूर्णपाठ)
२०८३ भाद्र ३०, मंगलबार
महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
२०८३ भाद्र ३०, मंगलबार
खर्क तथा चरन क्षेत्रलाई रोजगारी सिर्जनासँग जोड्नुपर्छ : अध्यक्ष दाहाल
२०८३ भाद्र ३०, मंगलबार
आईतवारको बिदा कटौती गर्न सांसद ताहिर अली भाटको माग
२०८३ भाद्र ३०, मंगलबार
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह
२०८३ भाद्र ३०, मंगलबार