भाद्र २९, २०८३ सोमबार September 14, 2026

पीडामा साथ दिने संस्कारलाई पर्वको अभिन्न हिस्सा बनाऔँ: पूर्वराष्ट्रपति भण्डारी

पीडामा साथ दिने र सकेको सहयोग गर्ने संस्कारलाई पनि हाम्रो पर्वको अभिन्न हिस्सा बनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पीडामा साथ दिने र सकेको सहयोग गर्ने संस्कारलाई पनि हाम्रो पर्वको अभिन्न हिस्सा बनाउन आग्रह गर्नुभएको छ । हरितालिका (तीज), को अबसरमा शुभकामना व्यक्त गर्दे पूर्व राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले तीजले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र असमानताको अन्त्य गर्दै सम्मान, समानता र अवसरमा आधारित सभ्य तथा न्यायपूर्ण समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा भनिएको छ- तीज हाम्रो मौलिक सांस्कृतिक परम्परा र चेली–माइतीको आत्मीय सम्बन्धलाई जोड्ने महत्वपूर्ण पर्व हो । यसले परिवार, आफन्त र समाजमा प्रेम, सद्भाव र एकताको भावना अझ बलियो बनाउन योगदान पुर्‍याउँदै आएको छ ।

सन्देशमा भनिएको छ -यस वर्ष मुलुक प्राकृतिक विपद्का कारण पीडामा रहेको अवस्थामा हामी तीज मनाउँदैछौँ । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै यसपटकको तीजलाई संयमित र मितव्ययी रूपमा मनाऔँ । आफ्नो खुसीसँगै दु:खमा रहेका दाजुभाइ तथा दिदीबहिनीको पीडामा साथ दिने र सकेको सहयोग गर्ने संस्कारलाई पनि हाम्रो पर्वको अभिन्न हिस्सा बनाऔँ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल
२०८३ भाद्र २९, सोमबार
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
२०८३ भाद्र २९, सोमबार