असार २८, २०८२ शनिबार July 12, 2025

थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११,१६२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । देशैभर कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । अब देशैभर कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

संक्रमितमध्ये २ हजार ६ सय ५० जना उपचारपछि घर फर्किएका छन् भने २६ जनाको ज्यान गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया