काठमाडौं । कोरोना भाइरसको संक्रमण भएका थप दुई जना पुरुषको निधन भएको छ । योसमेत नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५५ वर्षीय एक पुरुष र ललितपुरको पाटन अस्पतालमा ५० वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा ८ असारमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन । उनी निमोनिया र मधुमेह रोगबाट पीडित थिए ।
ललितपुरको पाटन अस्पतालमा बिहीबार ५० वर्षीय पुरुषको मृत्यु भएको हो । चितवन घर भएका उनको पाँच महिना अघि मिर्गौला प्रत्यारोपण भएको थियो । गौतमले उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको जानकारी दिएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया