असार २८, २०८२ शनिबार July 12, 2025

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७९२ पुगेको हो ।

सबै जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँको व्यास नगरपालिकाका दुई जना पुरुष, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एकजना पुरुष, बागलुङको बरेङ गाउँपालिकाका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, नवलपरासीको बर्दघाट सुस्तापूर्वको गैडाकोट नगरपालिकामा ७ जना पुरुष र कावासोती नगरपालिकामा १२ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया