बैसाख २६, २०८३ शनिबार May 9, 2026

जापानले बनायो संसारकै फास्ट सुपर कम्प्युटर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चीन तथा अमेरिकालाई पछि पार्दै जापानले विश्वकै सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटर निर्माण गरेको छ ।

जापानको राइकिन रिसर्च इन्स्टिच्युट तथा फुजित्सु लिमिटेड नामक कम्पनीले मिलेर दुनियाँकै तीव्र गतिको कम्प्युटर निर्माण गरेको हो । दुनियाँकै तेज उक्त कम्प्युटरलाई कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा प्रयोग गर्ने बताइएको छ ।

विश्वका सुपर कम्प्युटरहरूको सूची प्रकाशित हुने उत्कृष्ट ५०० को पछिल्लो सूचीमा जापानको उक्त कम्प्युटर पहिलो स्थानमा पर्न सफल भएको हो । फुगाकु नामको उक्त सुपर कम्प्युटर कोबे सहरस्थित रिकेन सेन्टर अफ कम्प्युटेसनल साइन्समा जडान गरिएको छ । यो कम्प्युटर एउटा कोठाको आकारको छ । करिब ६ वर्षको अथक प्रयासपछि यसको निर्माण सम्पन्न भएको बताइएको छ।

यसअघि अमेरिकाको आइबिएम कम्पनीको समिट नामक सुपर कम्प्युटर विश्वको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटरको रुपमा रहेको थियो । जापानको फुगाकु सो अमेरिकी कम्प्युटरभन्दा २।८ गुणा तेज छ । रिपोर्टअनुसार यस सुपर कम्प्युटरमा डेढ लाखभन्दा धेरै प्रोसेसर राखिएको छ । सुपर कम्प्युटरको गति मापन गर्ने इकाईअनुसार यसको क्षमता ४१५।५३ पेटाफ्लप्स छ ।

जापानको शानदार पुनरागमन

विश्वको सबैभन्दा फास्ट सुपर कम्प्युटरको सूचीमा जापानले ११ वर्षपछि पुनरागमन गरेको छ । यसअघि सन् २००९ मा फुजित्सुको के कम्प्युटर नामक सुपर कम्प्युटरले विश्वको सबैभन्दा फास्ट सुपर कम्प्युटरको रुपमा पहिलो स्थान हासिल गर्न सफल भएको थियो ।

त्यसपछि सुपर कम्प्युटरको दौडमा अमेरिका र चीनले जापानलाई पछाडि पारेका थिए । अन्ततः जापानले अमेरिका र चीनलाई फेरि पछिपार्दै पहिलो स्थानमा उक्लिएको छ ।

बीबीसीका अनुसार फुगाकुलाई कोरोना भाइरसविरुद्धको लडाइँमा परिचालन गरिसकिएको छ । यसले कार्यालय परिसरका कोठाहरूभित्र तथा रेलका डिब्बाहरूभित्र कसरी मानिसका थुकका छिटाहरू फैलिन्छन् भन्ने डाटा संकलन तथा विश्लेषण गर्दैछ ।

आगामी वर्ष सन् २०२१ मा यो कम्प्युटर पूर्ण रुपमा क्रियाशील हुनेछ । यसले कोरोना भाइरसको प्रभावकारी उपचारको खोजीका लागि समेत सहयोग गर्ने विश्वास गरिएको छ ।

जापानले बनाएको उक्त सुपर कम्प्युटर सफ्टबैङ्क ग्रुप कर्पोरेसन आर्म्स लिमिटेडको प्रविधिको प्रयोग गरी बनाइएको छ । आर्म्सका अनुसार यो कम्प्युटरले हाइ परफर्मेन्स कम्प्युटिङमा इन्टेल कम्पनीलाई टक्कर दिनेछ । स्मरण रहोस् आर्म कम्पनीका प्रोसेसर विश्वमा अहिले अधिकांश स्मार्टफोनहरूमा प्रयोग हुँदै आएको छ । एप्पलले पनि आफ्नो आगामी म्याक कम्प्युटरमा आर्म्स प्रोसेसर प्रयोग गर्दैछ ।

पछिल्लो तथ्यांकानुसार आइबिएमको समिट सुपर कम्प्युटर दोश्रो तेज सुपर कम्प्युटरको रुपमा रहँदा आइबिएमकै अर्को सुपर कम्प्युटर तेश्रो स्थानमा छ। चौथो र पाँचौं तेज सुपर कम्प्युटर भने चीनमा रहेका छन् ।

बीबीसीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो
२०८३ बैसाख २६, शनिबार
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार