असार २०, २०८२ शुक्रबार July 4, 2025

कोरोनाको डरले अस्पताल सेवा लिने ५० प्रतिशत विरामी घटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै‌ंः नेपालमा कोरोना संक्रमण र लकडाउन सुरु भएपछि अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या ५० प्रतिशत भन्दा कम भएको राजधानीका ठूला अस्पतालहरूको तथ्यांकले औंल्याएका छन् । कतिपय अस्पतालमा त ७५ प्रतिशत भन्दा कम छन् ।

राजधानीको केन्द्रमा रहेको वीर अस्पतालमा लकडाउन अघि विरामीको घुइँचो नै लाग्थ्यो । अहिले आधा भन्दा कम विरामी आउने गर्छन् । वहिरंग विभागमा कम आउँछन् नै आपतै परेपछि आउने आकस्मिक कक्षमा समेत विरामीहरूको संख्या ५० प्रतिशत भन्दा कम भएको छ । वीर अस्पतालमा लकडाउन अघि दैनिक दुई हजारदेखि २५ सय विरामी आउँथे अहिले पाँच सय मुस्किलले आउँछन् । दैनिक दुई सय ५० जना आउने आकस्मिक कक्षमा अहिले ५० देखि ५५ जना मात्र आउँछन् ।

विवरण अनुसार यस अघि लकडाउन अघि टिचिङ अस्पताल महाराजगंजमा दैनिक एक सय ५० जना आकस्मिक कक्षमा विरामी आउँथे । अहिले यो आकस्मिक कक्षमा दैनिक ५० जना मात्र आउँछन् ।

परोपकार प्रसुति गृह अस्पतालमा पनि पहिलेको तुनलामा प्रसुति हुन आउनेको संख्या घटेको छ । अस्पतालमा फागुन महिनामा दुई हजार जना प्रसुति हुन आएका थिए भने जेठ महिनामा १५ सय ५० भित्र झरेका छन् । अस्पतालको अन्य सेवामा पनि विरामीको चाप घटेको अस्पालकी निर्देशक डा. संगिता मिश्रले बताइन् । कोभिड १९ पछि अस्पतालले स्त्रीरोगका अन्य सेवा बन्द गरेको र अहिले पुन संचालन सुरु भएको उनले जानकारी दिइन् ।

नेपाल मेडिकल कलेज जोरपार्टीमा पनि लकडाउनसंगै आकस्मिक कक्षमा विरामीसंख्या ५० प्रतिशत भन्दा कम पुगेको छ । अस्पतालका निर्देशक डा.रुपेश श्रेष्ठका अनुसार लकडाउन अघि बहिरंग विभागमा दैनिक आठ देखि दुई हजार जना आउँथे भने अहिले दुई सय ५० जना औसत आउने गरेका छन् । यसरी आउनेमा पनि मिर्गौला,मुटु र नियमित खोप लगाउनु पर्ने बाध्यताका शिशु र गर्भवती हुन् ।

कोभिड १९ पछि नेपालमा मात्र नभएर विकसित राष्ट्रका अस्पतालहरूमा समेत विरामी जान नचाहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । हालै प्रकाशित न्युयोर्क टाइम्सको लेख अनुसार अहिले पनि कोभिड १९ को डरको कारण अस्पताल नजाने सोंचका विरामी धेरैको संख्यामा छन् ।  यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार