असार २०, २०८२ शुक्रबार July 4, 2025

निजी विद्यालयको शुल्क विवाद समाधान गर्न शिक्षा मन्त्रालयमा वार्ताको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले सबै अभिावकसँग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिकसत्रमा सक्दो सहयोग गर्न आग्रह गरेपछि उत्पन्न विवाद समाधान गर्न शिक्षा मन्त्रालयले वार्ताको तयारी गरेको छ ।

सरकारले करिब १० हजार निजी विद्यालयको विषयमा तत्काल सम्बोधन नगरे आन्दोलनमा जानेसम्मको तयारी गरेपछि मन्त्रालयले वार्ता गर्ने तयारी गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले वार्ता गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘केही दिनमै वार्ता गरेर समस्या समाधान गर्नेछौं ।’ उहाँले सबै सरोकारवालासँग वार्ता गरी समस्या समाधान गर्ने तयारी भइरहेको बताउनुभयो ।

करिब दुई दर्जन ठूला विद्यालयले असारसम्मको शुल्क तिर्न दबाब दिँदै बिल पठाएपछि सरकारले तत्कालको अवस्थामा शुल्क नलिन आग्रह गरेको थियो । खुमलटारको युलेन्स स्कुलले त असारसम्मको बिल पठाएर रकम तिर्न अभिभावकलाई दबाब दिएको थियो ।

निजी विद्यालयका केही अधिकारीले ठूला विद्यालयका कारण सबै निजी विद्यालयको बदनाम हुन खोजेको बताउने गरेका छन् । तिनै ठूला विद्यालयले नयाँ भर्ना सकेका छन् । अभिभावकसँग शुल्क असुल्न खोजेको आरोप लगाउँदै यस्तो समस्या बढेपछि सरकार आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु र नेविसंघले शुुल्क नलिन चेतावनी दिइसकेका छन् ।

ठूला विद्यालले शुल्क उठाउँदा चुप लाग्ने विद्यार्थी संगठनले हरेक वर्ष भर्नाको विषयमा आन्दोलन गर्ने गरेका थिए । शैक्षिक गुणस्तर सुधार्ने विषयमा वास्ता नगर्ने विद्यार्थी संगठनले साना विद्यालय टिकाउने विषयमा कुनै वास्ता नगरेको प्याब्सन र एन प्याब्सनको आरोप छ ।

यस्तै विवादका बीच दुई संगठनले लामो समयदेखि बाँकी रहेको शुल्क तिर्न र नयाँ शैक्षिकसत्रको केही शुल्क माग गर्दा सरकार र निजी विद्यालयबीच समस्या बढेको हो । स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने मावि तहको विद्यालय शिक्षाको विषयमा स्थानीय तह चुप लागेका छन् ।

प्याब्सन र एन प्याब्सनले शिक्षक कर्मचारीको तलब र घरभाडा, बैंक वित्तीय संस्थाको ऋण तिर्न चरम आर्थिक समस्या पर्न थालेको जानकारी गराउँदै अभिभावकलाई सहयोग गर्न अपिल गरेका थिए । अभिभावकले शुल्क तिर्ने तयारी गरिरहेको अवस्थामा सरकार र निजी विद्यालयको संस्थाबीच विवाद बढेको थियो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकले प्रकाशित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार