असार २०, २०८२ शुक्रबार July 4, 2025

वरिष्ठता र सक्षमता नै न्यायाधीश नियुक्तिका आधार- सर्वोच्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सर्वोच्च अदालतले न्यायाधीश नियुक्तिका आधारको योग्यता समावेशी मात्रै हुन नसक्ने भनी व्याख्या गरेको छ । न्यायाधीश नियुक्तिमा संविधानमा भएको समावेशिताको आधार नभएको भन्दै परेको रिटमा सर्वोच्चले सो फैसला गरेको हो ।

न्यायपरिषद्ले २६ असार २०७० मा उच्चदेखि जिल्ला अदालतसम्म गरेको नियुक्तिमा अपांगता, दलित र जनजाति समावेश नभएको भन्दै अधिवक्ताहरू श्यामकुमार विक, भक्त विक र प्रकाश नेपालीलगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

सो रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलासले न्यायाधीश नियुक्तिमा समावेशी नभएको भन्ने रिट खारेज गर्र्दै समावेशिताको एउटा आधारलाई मात्रै न्यायाधीश नियुक्तिको आधार मान्न नसकिने टिप्पणी गरेको हो ।

सर्वोच्चले फैसलाको पूर्णपाठमा भनेको छ, ‘न्यायाधीश पद कानुनी योग्यता पुगेका आधारमा मात्र इच्छुक उम्मेदवारले अधिकारका रूपमा नै दाबी गर्ने, पाउने र नियुक्ति गरी हाल्ने पद होइन ।’ न्यायाधीश पद नियुक्त हुन कानुनी योग्यता पुग्नुपर्ने पहिलो सर्त भए पनि जुनसुकै वर्ग, जाति र लिंगका लागि कानुनी सेवा, व्यावसायिक दक्षता, सारवान र कार्यविधिगत कानुनको प्रयोग र फैसला कार्यान्वयन गर्ने क्षेत्रमा सक्षम हुनुपर्ने अर्को महत्वपूर्ण सर्त हो । अन्तर्राष्ट्रिय अभिलेख र घोषणापत्रले पनि न्यायिक अधिकारीसक्षम, इमानदार र नैतिक रूपले उच्च एवं कानुनको प्रयोग कार्यान्वयन गर्ने सम्बन्धमा तालिम प्राप्त गरेको व्यक्ति हुनुपर्छ भनेको छ ।

सर्वोच्च र उच्च तहको अदालतको न्यायाधीश पदमा नियुक्त हुन व्यावसायिक दक्षताको साथै अनुसन्धानकर्ता, इतिहासविद्, दर्शनशास्त्र, धैर्यवान् कुनै पनि विवादलाई समाधान गर्न सक्ने क्षमता भएको, उच्च व्यक्तिगत आचरण, नैतिक व्यवहार, राज्यको आर्थिक असन्तुलन हटाउन प्रयासरत रहने कानुन र न्यायको सिद्धान्तलाई नयाँ रूपमा प्रयोग गर्न सक्ने, नयाँ विधिशास्त्रको विकास गर्न सक्ने हुनुपर्दछ भनी सर्वोच्चले व्याख्या गरेको यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार