काठमाण्डौं: अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाण्डौँको स्वयम्भु बडेगालका सरोज तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७ सय ग्राम तथा नउनेको अवस्थामा रहेको बुद्धचित्त २४ किलोसहित प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
तिमिल्सिनाको घरमा अवैधरुपमा बुद्धचित्त सञ्चय गरिराखेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्थित घर तलासी गर्दा उक्त परिमाणको बुद्धचित्त फेला पारेको हो ।
सानो माला ४ सय १६ थान र ठूलो माला छ थान फेला पारिएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया