असार २०, २०८२ शुक्रबार July 4, 2025

लकडाउनको ३ महिनाः १८ सय चार्टर्ड उडान, ४७० टन मेडिकल सामग्री आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । उक्‍त लकडाउनको घोषणासँगै व्यवसायिक उडानमा पनि रोक लाग्यो ।

तर, चैत ११ देखि असार १० गतेसम्मको अवधिमा अन्तारिक र अन्तर्राष्ट्रिय गरी १ हजार ८ सय ११ वटा चार्टर्ड उडान भएका छन । ती उडानमा २४ हजार ६ सय ८३ जना यात्रुले सेवा लिएका छन् ।

नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको चार्टर्ड उडानको अनुमति दिने हवाई यातायात महाशाखाले शनिबार राति जारी गरेको तथ्यांक अनुसार १ हजार ८ सय ११ चार्टर्ड उडान मध्ये १ सय ६४ वटा अन्तर्राष्ट्रिय उडान रहेका छन् भने १ हजार ६ सय ४७ आन्तरिक उडान छन् । आन्तरिक चार्टर्ड उडानमध्ये १ हजार २ सय ८० घरेलु वायुसेवा कम्पनीका जहाजले गरेका थिए भने ३ सय ६७ वटा हेलिकप्टरबाट गरिएका आन्तरिक उद्धार उडान रहेका महाशाखाले जनाएको छ ।

लकडाउनको पहिलो तीन महिनामा भएको यात्रु आवागमन अन्तर्गत अन्तर्राष्ट्रियतर्फ २१ हजार ४ सय ९९ यात्रुले ओहोरदोहोर गरेका छन् । अध्यागमन विभागका अनुसार, नेपालबाट फर्किने १३ हजार ७५ यात्रु नेपालसहित कम्तीमा ७९ मुलुकका नागरिक हुन् । त्यस्तै, विदेशबाट ८ हजार ४ सय २४ जना हवाइ जहाजमार्फत नेपाल आएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र छाउनीका अनुसार नेपाल आउनेमा २१ वटा मुलुक हुँदै फर्केका ९५ प्रतिशत भन्दा बढी नेपाली नागरिक हुन् । त्यसरी नेपाल आउनेमा अधिकांस श्रम गन्तव्यमा अलपत्र परेका नेपाली छन् ।

तीन महिनाको यो अवधिमा हेलिकप्टरले ३ सय ६७ वटा उडान गरेको छ । काठमाडौंबाट भएका अधिकांस ती चार्टर्ड उडानबाट ४ सय ४० जनाले ओहोरदोहोर गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाका अनुसार यिनमा विदेशी पर्यटक तथा बिरामीको उद्धार संख्या बढी छ ।

९ वटा घरेलु वायुसेवा कम्पनीलाई व्यवसायिक उडानमा रोक लगाइए पनि ७ वटा कम्पनीका विमानले विशेष अनुमति लिएर १ हजार २ सय ८० वटा उडान गरेका छन् । ती उडानबाट १ हजार ५ सय २१ टन खाद्यान्‍न, औषधि, निर्माण सामग्री लगायतको कार्गो ढुवानी भए । कार्गोबाहेक यी विमानले २ हजार ७ सय ४४ यात्रुलाई ओसारेको खबर आजको कान्तिपुरले छापेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार