बैसाख १०, २०८३ बिहिबार April 23, 2026

फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु

एकै परिवारका ११ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फिलिपिन्स । उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।

“पिकअपमा सवार रहेका मध्ये तीन जना मात्रै जीवित हुनुहुन्छ”, प्रहरी मेजर एन्टोनियो पालाटाओले भन्नुभयो । यात्रुवाहक बसका चालक र सहचालकलाई गम्भीर र अन्य २३ जनालाई सामान्य चोट लागेको उहाँले बताउनुभयो ।

“टोयोटा हिलक्सका चालक त्यस क्षेत्रसँग ज्ञात नभएकाले राजमार्ग पुगिसकेको थाहा पाउनुभएन । राजमार्गमा स्वाभाविक रूपमा गति नियन्त्रण गर्नुपर्ने हुन्छ”, प्रहरी क्याप्टेन जुन–जुन तोरियोले भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्यानचेस्टर सिटी प्रिमियर लिगमा शिर्ष स्थानमा उक्लियो
२०८३ बैसाख १०, बिहिबार
गगन-विश्व आलोक : नन्दकृष्ण जोशी
२०८३ बैसाख १०, बिहिबार
सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छः प्रहरी महानिरीक्षक
२०८३ बैसाख १०, बिहिबार
प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग
२०८३ बैसाख १०, बिहिबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा
२०८३ बैसाख १०, बिहिबार
इजरायली गुप्तचर संस्था मोसादका एजेन्ट ‘मेम’ को मृत्युबारे गम्भीर खुलासा
२०८३ बैसाख १०, बिहिबार
बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण
२०८३ बैसाख १०, बिहिबार