काठमाण्डौः भारत सरकारले टिकटकसहित विभिन्न ५९ एप्लिकेसनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार चीनमा निर्माण भएको टिकटक सहित अन्य ५९ एप्लिकेसनहरुको डाउनलोडमा प्रतिबन्ध लगाएको हो।
सोमबार एक सूचना जारी गर्दै उक्त निर्णय भएको जनाइएको हो। भारतीय सरकारको सार्वभौमिकता र अखण्डतामा आँच ल्याउने किसिमका एप्लिकेसनलाई प्रतिबन्ध लगाइएको बताइएको छ। भारत र चीनका विचमा सिमा विवाद चर्चिरहेकको समयमा यस्तो निर्णय भएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया