असार २५, २०८२ बुधबार July 9, 2025

त्रिवि शिक्षण अस्पतालमा उपचाररत डेढ महिने शिशुमा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताए ।

श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । ‘श्वासप्रश्वासमा समस्या देखिएपछि रिपोर्ट नकुरिकन सुरक्षा सतर्कता अपनाएर शल्यक्रिया गर्यौं,’ डाक्टर दासले भने, ‘आज बिहान रिपोर्ट पोजेटिभ आयो ।’

सोमबार मात्र ललितपुरको अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि मेडसिटी अस्पतालमा शल्यक्रिय गर्नुअघि स्वाब संकलन गरिएको थियो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार