कार्तिक २, २०८३ सोमबार October 19, 2026

अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो

काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक, ७ साउनः वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध रोशी–मङ्गलटार सडकखण्ड आज बिहानेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । राजमार्गको माम्तीखोला र भ्याकुरेखोलाको बाढी तथा मङ्गलटार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अहिले पनि सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।

सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दिउँसोसम्ममा दुईतर्फी यातायात सञ्चालन गराइनेछ । गत असार अन्तिम साता पनि उक्त सडकखण्ड अवरुद्ध भएको थियो । उक्त क्षेत्रमा स–साना पहिरो ग्इरहने भएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई ‘स्याण्डबाई’ राख्दै आइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ओमानलाई हराउँदै नेपाल लिग-२ को शीर्ष ६ मा
२०८३ कार्तिक २, सोमबार
इटालीमा महँगीविरुद्धको प्रदर्शनमा हिंसा, प्रधानमन्त्री मेलोनीद्वारा निन्दा
२०८३ कार्तिक २, सोमबार
भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा
२०८३ कार्तिक २, सोमबार
मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
२०८३ कार्तिक २, सोमबार
हेगमा पीटीएमको आरोपः पाकिस्तानी सेनाले आतंकवादी समूहहरू खडा गर्‍यो
२०८३ कार्तिक २, सोमबार
राष्ट्रपति लुइज इनासिओ लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै
२०८३ कार्तिक २, सोमबार
कोप-३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
२०८३ कार्तिक २, सोमबार