काठमाण्डौंः प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । लामो समयदेखि बिरामी भएर गंगालाल अस्पतालमा भर्ना भएकी छन्त्यालको बुधबार बिहान ९ बजे निधन भएको नेपाली काँग्रेसले जनाएको छ ।
समानुपातिक कोटामा नेपाली काँग्रेसबाट सांसद बनेकी छन्त्याल यसअघि संविधानसभा सदस्यसमेत भएकी थिइन् । बाग्लुङको पश्चिम क्षेत्रको सामाजिक विकासमा छन्त्यालको महत्वपूर्ण योगदान रहेको छ ।
मुटुमा समस्या भएपछि उनको डेढ हप्ताअघि मुटुको शल्यक्रिया गरिएको थियो । ६६ वर्षीया छन्त्याल बागलुङको तमानखोला गाउँपालिका ५ खुंखानीकी स्थायी बासिन्दा थिइन् ।
छन्त्यालको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कांग्रेस नेता डा. शेखर कोइराला, प्रमुख सचेतक बालकृष्ण खाँण लगायतका नेताहरुले दुःख व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस बागलुङले पनि सांसद छन्त्यालको निधनप्रति शोक व्यक्त गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया