असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपा स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक सुरु भएलगत्तै स्थायी समितिका नेताहरुले सदनमा जानुपर्ने भन्दै बैठक स्थगित भएको छ ।

आजको बैठकमा नेताहरु लीलामणि पोखरेल, मातृका यादव, योगेश भट्टराई, नन्द प्रसाईं, पेशल खतिवडाले आ-आफ्नो धारणा व्यक्त गरेका हुन्। स्थायी कमिटी सदस्यद्वय लिलामणि पोखरेल र मात्रिका यादवले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

त्यस्तै एनके प्रसाईँ, पेशल खतिवडा र योगेश भट्टराईले वार्ता र संवादबाटै नेतृत्वले निकास निकाल्नुपर्नेमा जोड दिएका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

त्यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा भोलिसम्मका लागि स्थगित गरेर वार्ता गर्ने विषयमा छलफल भएको थियो । त्यसैअनुसार आजको बैठक स्थगित गरेर भोलि बिहान ११ बजे फेरि स्थायी कमिटी बैठक बस्ने तय भएको स्रोतको दावी छ ।

बैठकमा भने सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले नेताहरु कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गर्ने प्रस्ताव गरिएको थियो । कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य छन्त्यालको बिहान उपचारका काठमाडौंको गंगालाल अस्पतालमा निधन भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार