असार १४, २०८३ आइतबार June 28, 2026

ललितपुरमा स्वास्थ्यकर्मी सहित सातजनामा कोरोना भाईरस संक्रमित पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बुधबार ललितपुरमा सातजनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये दुई  जना स्वास्थ्यकर्मी रहेका छन् ।

संक्रमितमध्ये लुुभुकी २३ वर्षीया महिला, ललितपुर महानगरपालिका वडा नम्बर १५ सातदोबाटोकी ३४ वर्षीया महिला, वडा नम्बर १४ नखीपोटकी ३३ वर्षीया महिला र वडा नम्बर २३ हात्तीवनकी २४ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनीहरुमध्ये दुईजना स्वास्थ्यकर्मी हुन् ।

यस्तै, गोदावरी नगरपालिका-११ चापागाउँका ६६ वर्षका पुरुषमा संक्रमण देखिएको छ । उनी पित्तथैलीको अपरेसन गर्न मेडिसिटी अस्पताल पुगेका थिए ।

अपरेसनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालले बताए । डा. गेलालका अनुसार थप दुई संक्रमतिको भने विवरण आउन बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया