काठमाण्डाैंः चट्याङ लागेर बारामा चार महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका-१ मा गरी चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको चट्याङ लागेर मृत्यु भएको हो । फेटामा घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
चट्याङ लागेर फेटामा पाँच जना घाइते भएका छन् । घाइतेलाई अस्पताल लगिएको र मृतकको शव परीक्षणका लागि कलैया अस्पतालमा ल्याउने तयारी भइरहेको प्रवक्ता मिश्रले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया