असार २४, २०८२ मंगलबार July 8, 2025

आइसोलेशन कक्षमा मृत्यु भएका राजु सदाको न्यायको माग गर्दै जनकपुरमा प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा मृत्यु भएका राजु सदाको न्यायको माग गर्दै दलित संघर्ष समितिले जनकपुरधाममा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले मृतक सदालाई न्याय र अस्पतालका चिकित्सकलाई कारवाहीको माग गरेका छन् ।

आरडीटी नतिजा पोजेटिभ आएपछि हंसपुर नगरपालिका-७ प्रसाहीका १६ वर्षीय सदालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा जेठ २९ गते भर्ना गरिएकोमा उनको असार ९ गते मृत्यु भएको थियो ।

झाडापखाला लागेको अवस्थामा अस्पतालका चिकित्सकले पानीसम्म नदिएका कारण छटपटिएर राजुको मृत्यु भएको भन्दै समितिले बिहीबार (१८ असार) न्यायको मागसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले कही राउण्ड अश्रुग्यास तथा हवाइ फायर प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले प्रदर्शनकारी मुख्यमन्त्री कार्यालय नजिक अनियन्त्रित भएपछि भीडलाई नियन्त्रण गर्नका लागि केही राउण्ड अश्रुग्यास प्रहार गरिएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार