असार २४, २०८२ मंगलबार July 8, 2025

महिलालाई अपशब्द बोल्दै स्पर्श गरेको अभियोगमा नेकपाका वडाध्यक्ष पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः रक्सिको शुरमा स्थानीय एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा बिहीबार राति एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।

प्रहरीले  महिलालाई आपत्तिजनक व्यवहार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका-९ का वडाध्यक्ष राम नाथलाई  नियन्त्रणमा लिएको हो।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अमर थापाका अनुसार, ‘मदिराको मातमा महिलालाई दुव्र्यवहार गरेको आरोप लागेपछि हामीले वडाध्यक्षलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं।’

भीमदत्त नगरपालिका-९, ब्रह्मदेव बजारमा वडाध्यक्ष नाथेले एक महिलालाई अपशब्द बोल्दै स्पर्श गरेको स्थानीयको आरोप छ।

घटनापछि बिहीबार राति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो। वडाध्यक्षजस्तो मान्छेले महिलालाई दुर्व्यवहार गरेको भन्दै आक्रोशित स्थानीयले सीमा प्रहरी चौकी ब्रह्मदेव घेराउ गर्दै कारबाहीको माग गरेका थिए।

घटनापछि राति नै स्थानियले दोषी ठहर गरेका वडाध्यक्षलाई नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी ब्रह्मदेवमा राखिएको थियो। अहिले वडाध्यक्ष नाथलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुर्याइएको छ।

प्रहरीका अनुसार वडाध्यक्ष नाथले आफूले कसैलाई दुव्र्यवहार नगरेको प्रारम्भिक बयान दिएका छन्। घटना अनुसन्धान भइरहेको डीएसपी थापाले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार