कार्तिक १५, २०८३ आइतबार November 1, 2026

हतियारधारीको आक्रमणमा भारतमा ८ जना प्रहरीको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरुले आक्रमण गर्दा एकजना डिएसपीसहित ८ जना प्रहरीको ज्यान गएको छ ।

सो घटना शुक्रबार बिहान सबेरै भएको उत्तर प्रदेश प्रहरीले जानकारी दिएको छ । विकास दुवे नाम गरेका लामो समयदेखि अपराधमा संलग्न रही आएका भनिएका ती व्यक्तिको घरमा उनीसहित अरु पनि केही अपराधी रहेको भन्ने आशंकामा प्रहरीले शुक्रबार बिहान उनको घर घेरा हालेको थियो ।

तर सोही क्रममा सो घरभित्र रहेको आशंका गरिएका ती व्यक्तिले नै गोली चलाएका थिए । गोली लागेर प्रहरीका १ डिएसपी देवेन्द्र मिश्रसहित ८ जना प्रहरीको घटनास्थलमै ज्यान गएको बताइएको छ । शुक्रबारै बिहान सो क्षेत्रमा उत्तर प्रदेश प्रहरीका प्रमुखसहितको ठूलो संख्याको प्रहरी घटनास्थलमा पुगेको बताइएको छ ।

उनीहरुले घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको बताएका छन् । त्यस घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा ज्यान गुमाउने प्रहरी अधिकारीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

उहाँले उक्त घटनाको गहिरो अनुसन्धान गरेर दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न उत्तर प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको समाचारमा जनाइएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार