असार १५, २०८३ सोमबार June 29, 2026

पेशागत सुरक्षाको माग गर्दै पत्रकार महासङ्घद्वारा प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना महामारीमा समस्यामा परेका श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै पत्रकार/सञ्चारकर्मीले आज बबरमहलमा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासङ्घको अगुवाईमा आयोजित प्रदर्शनमा सहभागीले ‘पत्रकारको विचल्लीमा कति कोरोना कति बहाना’, ‘श्रमजीवी पत्रकारको पक्षमा निर्णायक आन्दोलन गरौँ’, ‘कोरोनामा पहिलो प्रहार पत्रकारमाथि किन’, ‘श्रमजीवी पत्रकारको पेशागत अधिकार रक्षा गर’ र ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रर्दशन गरेका हुन् ।

 सो अवसरमा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मिडिया हाउसले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुको सट्टा उल्टै काम गरिरहेका श्रमजीवी पत्रकारलाई निष्काशन गरेर अन्याय गरेको र त्यसको विरुद्धमा कडाभन्दा कडा सङ्घर्षका लागि सबैलाई आह्वान गर्नुभयो ।

महासचिव रमेश विष्टले मिडिया हाउसले कोरोना महामारीको बहाना बनाउँदै धमाधम पत्रकारलाई निष्काशन गर्ने काम गरेकोमा आपत्ति जनाउँदै पत्रकारको पेशागत सुरक्षाका लागि महासङ्घले चरणबद्ध आन्दोलन शुरु गर्ने बताउनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडिया सञ्चालकले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताउनुभयो । प्रेस सङ्गठनका संयोजक महेश्वर दाहालले कोरोनाको बहानामा पत्रकारको पसिनाको परिश्रम नदिने मिडिया सञ्चालकलाई कुनै पनि वाहानामा नछोड्ने बताउनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देलले पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै नभई मिडिया सञ्चालकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितलगायत पत्रकारितासंग सम्बन्धित विभिन्न सङघ सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले श्रमजीवी पत्रकारको पेशागत अधिकार र सुरक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिना यसै बर्ष स्वदेश फर्किने
२०८३ असार १५, सोमबार
अफगानिस्तानमा पाकिस्तानी आक्रमण
२०८३ असार १५, सोमबार
पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन
२०८३ असार १५, सोमबार
धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री बनाउनुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड
२०८३ असार १५, सोमबार
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति
२०८३ असार १५, सोमबार
ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
२०८३ असार १५, सोमबार
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
२०८३ असार १५, सोमबार