असार २४, २०८२ मंगलबार July 8, 2025

बझाङको केदारस्युँमा एक बस्ती पहिरोले बगाँउदा ७ जना बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा- ८ को एक बस्ती पहिरोले बगाएको छ ।

अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गएराती केदारस्युँ गाउँपालिका वडा- ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए । उनका अनुसार पहिरामा परि ७ जना बेपत्ता भएका छन् ।

बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थल तिर प्रहरी टोली पठाईसकिएको जानकारी दिए । बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटनास्थलमा पुग्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया