असार २०, २०८२ शुक्रबार July 4, 2025

प्रचण्ड- माधव गुटका यी मन्त्रीलाई हटाउने ओलीको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ बालुवाटारमा बोलाएर मन्त्रीहरुलाई कता लाग्ने हो स्पष्ट हुन भनेपछि उनीइतर समुहका मन्त्रीहरु राजीनामा दिने तयारीमा छन् । ओलीले आफ्ना विरोधी समुहका मन्त्रीहरुलाई हटाउने तयारी गरेको विश्वस्त स्रोतले बताएको छ । प्रचण्ड समुहका मन्त्रीहरु हिजो खुमलटार पुगी ब्रिफिङ गरेपछि हटाउनु अगावै ती मन्त्रीहरुको राजीनामाको सम्भावना बढेको हो ।

ओलीले कुन कित्ताकाट रहने तयार भएर मात्र अबको बैठकमा आउन भनेपछि प्रचण्ड र माधव नेपाल समुहका मन्त्रीहरु राजीनामा दिन ठिक्क परेका हुन् । ओलीको विपक्षमा रहेको समुहबाट गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, आपूर्तिमन्त्री लेखराज भट्ट, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर मन्त्री छन् । तर, भट्ट ओली पक्षमा देखिएका छन् भने भट्टराई तटस्थ बन्दै आएका छन् ।

भोलि तय गरिएको स्थायी कमिटी बैठक अगावै ओलीले कडा कदम चाल्ने बताइसकेका छन् । उनले क्रमशः कदम चाल्दै जाने समेत बताएका थिए । यसलाई उनले मन्त्री हटाउने,संकटकाल लगाउन कदम चाल्ने देखि क्याबिनेटबाट अध्यादेश ल्याएर पार्टी विभाजनसम्म गर्ने तयारीका रुपमा बुझेका छन् । यसका लागि उनले पटक पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरिसकेका छन् ।

ओलीको तयारीलगत्तै खुमलटारमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका नेताहरुले छलफल गरी रणनीति तयार गरेका थिए । उनीहरुले उत्पन्न परिस्थितिको सामना गरी बढ्ने निष्कर्ष निकालेका थिए । स्थायी कमिटीको निर्णयबाटै विधिसम्मत तरिकाले बढ्ने उक्त समुहको तयारी छ । यो खबर अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार