असार २३, २०८२ सोमबार July 7, 2025

अफगानी सुरक्षाफौजको कारबाहीमा ५ लडाकु मारीए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अफगान सेनाले मध्य उरुजगान प्रान्तमा गरेको सैन्य कारबाहीमा सात जना तालिबान लडाकूको मृत्यु भएको तथा अरु ४ जना घाइते भएको जनाएको छ ।

सैनिक प्रवक्ता सदिक इस्साले उरुजगान प्रान्तको ट्रिनकोट जिल्लामा सैनिक पोस्टमा गएराति आक्रमण गरेपछि सेनाले प्रतिकार गर्दा तालिबान लडाकूकको मृत्यु भएको जानकारी दिनुभयो । तर यसबारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

गएराति नै कान्दाहार प्रान्तमा तालिबान लडाकूले सैनिक जाँचचौकीमा आक्रमण गरेका र सेनाले गरेको प्रतिकारमा ५ तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले शान्ति सम्झौतामा हस्ताक्षर गरे पनि तालिबान समूहले अफगान सुरक्षाफौज र सर्वसाधारणलाई लक्षित गरी आक्रमणहरु जारी राखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया